आजपनि स्वाट्टै घट्यो सुनको भाउ
काठमाडौं । आज साताको चौंथो दिन बुधबार सुनको भाउ झन् घटेको छ।
मंगलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज पुनः ८ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला ८ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment