अपांगले खुट्टाले बनाएको आफ्नो चित्र अमिताभ बच्चनले ५० हजारमा किने
मुम्बइ। अपांग आयुष कुंडलले आफ्नो खट्टाले अमिताभ बच्चनको चित्र बनाएर ट्वीट गरे । अमिताभ यो देखेर यति खुसी भए पनि आयुष र पूरै परिवारलाई आफ्नो खर्चमा मुम्बइ बोलाए ।
आधा घण्टाको कुराकानीपनि उनले आयुषसँग उनको इच्छा सोधे । आयुषले इशारा गरेर बताए । अमिताभले बुझ्न नसकेपछि उनकी आमाले उनी कौन बनेगा करोडपतिको हट सिटमा बस्न चाहेको बताइन् । त्यसपछि अमिताभले उनलाई कौन बनेगा करोडपतिको सिजन १२ मा अतिथि बनाउने बताए ।
आयुषले साथमा अमिताभको चित्र पनि लिएर गएका थिए जसलाई अमिताभले ५० हजारमा किने । आयुषले अमिताभको चित्र कौन बनेगा करोडपति वाला लुकमा बनाएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment