पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी युवतीलाई डिएसपीले त्यहीँ बलात्कार गरेपछि…
काठमाडौं। आफ्नो कार्यालयमा पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई प्रहरी कार्यालयका डिएसपीले कार्यालयनजिकै रहेको क्वाटरमा लगेर बलात्कार गरेको भन्दै उजुरी परेको छ । अहिले स्वेच्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीसम्बन्धि कसूरमा किटानी जाहेरी दर्ता भएको हो।
खिउजुले गत मंसिर ३० गते युवतीलाई बलात्कार गरेको उजुरीमा दावी गरिएको छ । त्यतिबेला खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत थिए । पीडित युवती र उनका आफन्त आएर बिहीबार महानगरीय प्रहरी परिसर जावलाखेलमा जाहेरी दिएको र दर्ता पनि गरेको परिसरकी प्रवक्ता दुर्गा सिंहले बताइन् । सिंहले जाहेरी दर्तापछि आवश्यक कारबाही अगाडि बढाउने बताएकी छन् ।
Facebook Comment
प्रतिक्रिया







डिसी नेपाल







Sale kukura chi chi yasta lai ajivan jail ma kochanu parcha.