जापानमा भूकम्प

डिसी नेपाल
२३ माघ २०७६ १९:०९

टोकियो । जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८.२० बजे भूकम्प आएको जानकारी दिएका छन् ।

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशिल मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.