चीनका सार्वजनिक उडान जारी रहने

डिसी नेपाल
२४ माघ २०७६ ७:०३

बेइजिङ । चीनको सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई उनीहरू जहाँ भए पनि घर फर्कन चाहेको समय सहज व्यवस्था उपलब्ध गराउने विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुन्निङले केही विदेशी अधिकारीले आगामी दिनमा चीनले आगामी हप्ताहरूमा अझ बढी प्रतिबन्ध लगाउने र व्यवसायिक उडानमा चीन छोड्न गाह्रो हुने डरले छिट्टै चीन छोड्नुपर्ने कुरा बताउँदा उक्त टिप्पणी गरेका हुन् । “त्यो केवल अफवाह मात्र हो,” हुआले भने ।

चिनियाँ सरकारले स्वदेशी तथा विदेशी नागरिकहरू सबैको जीवन र स्वास्थ्यलाई उच्च महत्व दिएको उनले बताए ।

“चीनले जटिल कोरोना भाइरसविरूद्ध सबभन्दा व्यापक तथा कडाईका साथ निवारण र नियन्त्रणका उपायहरू अपनाएको छ । चीनले चालेका कदम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तराष्ट्रिय स्वास्थ्य नियमहरूको मापदण्डभन्दा स्तरीय रहेको छ।”

“अहिले चीनमा विदेशी नागरिकहरूको सुरक्षा, स्वास्थ्य र जीवनस्तरको ग्यारेन्टी छ । चीनको नागरिक उड्डयन प्रशासनले हवाईजहाजमा फैलाउने भाइरसको सम्भावना कम गर्न र अन्तराष्ट्रिय उडानमा यात्रुहरूको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न प्रभावकारी कदम चालेको छ,” प्रवक्ताले भने ।

हामी आशावादी छौँ सबै देशहरूले महामारीको स्थिति र चीनको प्रयासलाई बढी शङ्का गरेर होइन शान्त, वस्तुनिष्ठ र तर्कसङ्गतरूपमा मूल्याङ्कन गर्न जरूरी भएको हुआले बताए ।

उनले भने, “केही देशले डब्ल्यूएचओको सिफारिश र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन बुलेटिनहरूको बावजुद उडान स्थगित गर्ने जस्ता चरम प्रतिबन्धहरूको अनुशरण गरेपछि केही चिनियाँ नागरिकहरू विदेशमा फसेका छन्।”

चिनियाँ सरकारले यस अवस्थालाई सम्बोधन गर्न ठूलो महत्व राख्छ ।

विदेश मन्त्रालय र चिनियाँ कूटनीतिक नियोगहरू विदेशमा उडानहरू परिवर्तन गरेर वा अन्य देशहरूको माध्यमबाट ट्रान्जिट गरेर उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.