ट्युनिसियाका राष्ट्रपति अफ्रिकी युनियनको सम्मेलनमा सहभागी नहुने
ट्युनिस । ट्युनिसियाका राष्ट्रपति काइस सइद अफ्रिकी युनियनको सम्मेलनमा सहभागी नहुनु हुने भएको छ । इथियोपियाको राजधानी अडिस अबाबामा हुन लागेको सम्मेलनमा उनले सहभागिता नजनाउने भएका हुन् ।
वास्थ्य समस्याका कारण उनि सम्मेलनमा सहभागी हुन जान नसक्ने भएको ट्युनिसियाको राष्ट्रपतिको कार्यालयले शुक्रबार जानकारी दिएको छ । आसन्न सम्मेलनमा सहभागी नहुनका लागि चिकित्सकहरुले सुझाव दिएको राष्ट्रपति कार्यालयका अधिकारीहरुको भनाइ छ ।
कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “चिकित्सकहरुको सुझाव अनुसार उनले शुक्रबारदेखि कम्तीमा चार दिन आराम गर्नुपर्ने भएको छ ।” अफ्रिकी देशहरुको साझा संस्था मानिने अफ्रिकी युनियनको ३३औँ सम्मेलन यही फेब्रुअरी ९ र १० गते हुने तय भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment