युवतीले आफू कोरोनाभाइरस पीडित भएको भनेपछि बलात्कार गर्न आएका युवक डराएर भागे
काठमाडौं। चीनमा अहिले निकै खतरनाक कोरोनाभाइरस फैलिइरहेको छ । यो भाइरसका कारण अहिलेसम्म झण्डै ७ सय जनाको ज्यान गइसकेको छ । तर, यही भाइरले चीनमा एक युवतीको इज्जत र ज्यान बचाएको छ । घटना चीनको वुहान शहरको भएको डेलिमेलले लेखेको छ ।
चीनमा एक युवतीलाई बलात्कार गर्ने नियतले एक युवक आएका थिए । युवकले उनलाई बलात्कार गर्ने प्रयास गरेपछि युवती आत्तिइन् । डराएकी युवतीले खोकेको नाटक गर्दै आफू कोरोनाभाइरस पीडित भएको बताइन् । युवतीको यो आइडियाले काम गर्यो । बलात्कार गर्ने नियतले आएका ती युवक डराए र युवतीलाई छोडेर भागे ।
आरोपीको नाम शियो भएको बताइएको छ । उनी करिब २५ वर्षका छन् । पुलिसका अनुसार वुहान शहरमै यी युवक युवतीको घरको ढोका फुटाएर बेडरुममा छिरेका थिए । बेडरुममा घुसेर युवतीसँग जबरजस्ती गर्न लागेपछि युवतीले आइडिया लगाएर आफू कोरोना पीडित भएको बताएकी थिइन् । युवतीका अनुसार उनले आफू भर्खरै अस्पतालबाट आएको बताएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment