२ वर्षको बच्चालाई बालुवामा गाडेर जोडीले समुद्रमा यौनसम्बन्ध राखे

डिसी नेपाल
२५ माघ २०७६ १३:१४

काठमाडौं। पुलिसले एक यस्तो जोडीलाई पक्राउ गरेको छ जसले समुद्रमा यौनसम्बन्ध राख्नको लागि आफ्नी २ वर्षकी छोरीलाई घाँटीसम्म बालुवामा गाडेका थिए । घटना अर्जेन्टिनाको ब्युनस आयर्सको एक समुद्र किनारको हो । द सनको रिपोर्ट अनुसार त्यतिबेला त्यहाँको तापक्रम ३५ डिग्री सेन्टिग्रेड थियो ।

पुलिसका अनुसार एक प्रत्यक्षदर्शीले इमरजेन्सी नम्बरमा फोन गरेर यसबारे जानकारी दिएका थिए । बीचमा त्यतिबेला अत्याधिक गर्मी थियो र बच्चीलाई घाँटीसम्म बालुवामा गाडिएको थियो । सूचना पाएको करिब ४५ मिनेटपछि पुलिस अधिकारीले समुद्र किनार पुगेर बालिकाको उद्धार गरेका थिए । पुलिका अनुसार बालिका अत्याधिक गर्मीले आत्तिएकी र भोकै थिइन् ।

पुलिसले जोडीलाई गिरफ्तार गरेको छ । पुलिसका अनुसार महिलाको ब्यागबाट नशालु औषधी बरामद भएको छ रिपोर्टका अनुसार महिला र पुरुष दुवैको उमेर २९ वर्ष छ । पुरुष अर्जेन्टिनाकै हुन् भने उनकी पत्नी प्रागकी हुन् । दुवैको नाम खुलासा गरिएको छैन । उनीहरुसँग अर्का उक पुरुष पनि थिए जो पुलिस आउनुभन्दा पहिल्यै भागे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.