भाले गैँडाको आक्रमणबाट पाँच महिनाको पोथी गैँडा मर्याे
चितवन। चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ।
निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो। मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए।
भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए। चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ। रासस
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment