‘फोटो खिचिक्क’मा प्रथम र उषाको दमदार नृत्य
काठमाडौं । नेपाली गीत संगीतको बजारमा हरेक दिन थुप्रै नयाँ गीतहरु आइरहन्छन् । ती मध्ये पछिल्लो समय डान्सिङ नम्बरका गीतहरुले बजार तताइरहेको छ ।
यही क्रममा डान्सिङ नम्बरको एउटा अर्को गीत बजारमा आएको छ । प्रेम दिवस नजिकिँदै जाँदा त्यसैलाई मध्यनजर गरी हरि क्षेत्रीको प्रस्तुतिमा ‘फोटो खिचिक्क’ बोलको गीत बजारमा आएको हो ।
प्रविशा अधिकारी र सुबिन श्रेष्ठको स्वरमा सजिएको यो गीतमा केशव शर्मा (बेलवासे)को शब्द तथा कृष्ण भारध्वजको संगीत रहेको छ ।
त्यस्तै गीतको भिडियोमा लामो समयदेखि कला क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका नायक तथा मोडल प्रथम क्षेत्री र उषा उप्रेतीलाई कास्ट गरिएको छ । गीतको भिडियोमा प्रथम र उषाको दमदार नृत्य रहेको छ ।
भिडियोको निर्देशन तथा कोरियोग्राफीसमेत नायक तथा मोडल क्षेत्री आफैले गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका छन् । गीतको भिडियो प्रथम क्षेत्रीको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियाे :







डिसी नेपाल








Facebook Comment