तिहारपछि सुनसान हलमा बढ्यो चहलपहल
काठमाडौं। तिहारयता नेपाली फिल्मको व्यापार निराशाजनक रह्यो। एक त फिल्म नै कम प्रदर्शनमा आए। प्रदर्शनमा आएका फिल्मले पनि हलमा दर्शक तान्न सकेनन्। अझ पुस महिनामा त फिल्म नै प्रदर्शनमा आएनन्।
अहिले भने हलमा नेपाली फिल्म हेर्ने दर्शकको चहलपहल देखिएको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ले सुस्ताएको नेपाली फिल्म बजारलाई चलायमान बनाएका हुन्।

विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’हेर्न हलमा दर्शकको सन्तोषजनक उपस्थिति छ। त्यस्तै विराज भट्ट अभिनित तथा निर्देशित ‘साङलो’हेर्न शनिबार सिंगल थिएटरहरुमा दर्शकको बाक्लो उपस्थिति थियो। आईतबार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको हल संचालकहरु बताउँछन्।
अब भने हलमा दर्शकको चहलपहल हुने फिल्मकर्मी तथा हल संचालकहरुले आशा लिएका छन्। आउँदो शुक्रबार सुशील श्रेष्ठ अभिनित फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आउँदैछ भने त्यसको एक सातापछि ‘धुर्मुस–सुन्तली’ निर्मित फिल्म ‘सेन्टी भाइरस’ र दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ प्रदर्शनमा आउँदैछन्। यी फिल्मलाई प्रतिक्षित फिल्मका रुपमा लिईएको छ।







डिसी नेपाल








Facebook Comment