ग्लोबल आइएमइ बैंकको नाफा १.६८ अर्ब

डिसी नेपाल
२६ माघ २०७६ १४:३२
104
Shares

काठमाडौं। ग्लोबल आइएमइ बैंकले चालु आर्थिक वर्षको पुससम्ममा एक अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। हालै मात्र जनता बैंकसँग मर्जर भई सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको बैंकले गत वर्षको यसै अवधिको तुलनामा ४५ करोड ६५ लाख रुपैयाँ नाफा बढाएको हो।

बैंकले चालु आवको पुससम्ममा १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।
१८ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

मर्जपछि बैंकको निष्कृय कर्जा भने केही बढेको छ। गत आवको पुससम्म ०.७५ प्रतिशत निष्कृय कर्जा रहेको बैंकको हाल १.२० प्रतिशत पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.