हिमाली प्रेमकथामा सौगात र दीयाको ‘मन्त्र’, यस्तो बन्यो टिजर

डिसी नेपाल
२७ माघ २०७६ ११:०४
16
Shares

काठमाडौं। नेपाली कथानक चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ। सौगात मल्ल, दीया पुन, बुद्धि तामाङ् लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन्।

चलचित्रले हिमाली प्रेमकथा बोल्ने सार्वजनिक टिजरबाट अनुमान लगाउन सकिन्छ। टिजरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ। चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ। मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको भनिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ।

यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन्। चलचित्रमा नमिता घिसिङ्ग, बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ। मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर, सह–निर्मातामा रबिराज कार्की, सुरेश कार्की, बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन्। साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन रहेको छ।

चलचित्र नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.