२५ वर्षका युवक ट्रम्पलाई मार्न भन्दै चक्कु बोकेर ह्वाइटहाउस पुगेपछि…

डिसी नेपाल
२७ माघ २०७६ १३:०६

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्न भन्दै चक्कु बोकेर ह्वाइटहाउस पुगेका २५ वर्षका एक युवक पक्राउ परेका छन् । रोजर हेज्पेथ नामकाती युवकलाई शनिबार दिउँसो पक्राउ गरिएको वाशिङटन पोस्टले लेखेको छ । ह्वाइट हाउसको बाहिर गस्तीमा रहेका सिक्रेट सर्भिस अफिसरकहाँ भएर उनले आफूसँग चक्कु भएको र त्यले राष्ट्रपति ट्रम्पलाई मार्नको लागि आफू त्यहाँ आएको बताएका थिए ।

उनले बायाँ हिपमा साढे ३ इन्चको चक्कु राखेर गएका थिए । उनले दायाँ हिपमा पेस्तोल राख्ने होलस्टर पनि राखेका थिए यद्यपि त्यहाँ पेस्तोल भने थिएन । उनलाई नियन्त्रणमा लिएर मानसिक स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको समाचारमा जनाइएको छ । उनको नाममा दर्ता भएको फोनमा आइतबार फोन गरिएकोमा फोन उठेन । उनी कहाँ बस्छन् र उनको पक्षमा कानुनी प्रक्रिया अघि बढाउन उनीसँग कुनै वकिल छन् कि छैनन् भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.