संयुक्त राष्ट्रसंघ प्रमुख गुटेर्रेस पाकिस्तान आउने

डिसी नेपाल
२७ माघ २०७६ २२:३६

इस्लामावाद । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले फेब्रुअरी १५ पाकिस्तानको भ्रमण गर्ने भएका छन् ।

गुटेर्रेस पाकिस्तान रहँदा राष्ट्रपति अरिफ अल्वी, प्रधानमन्त्री इमरान खान लगायतका उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेको सरकारी स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले आइतबार जानकारी गराए ।

महासचिव गुटेर्रेसले पाकिस्तानमा रहँदा यहाँ कार्यरत संयुक्त राष्ट्रसंघका नियोगहरूको अवलोकन भ्रमण गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.