‘भ्यालेन्टाईन डे’मा रिलिज हुँदैछ सुशीलको ‘लभ डायरीज’, दर्शकले रुचाउलान त ?
काठमाडौं । सुशील श्रेष्ठले चलचित्र ‘होस्टेल रिर्टन्स’बाट अभिनेताका रुपमा डेब्यू गरेका हुन्। पहिलो चलचित्र हिट भएपनि त्यसयता भने उनले हिटको स्वाद चाख्न पाएका छैनन्।
‘होस्टेल रिर्टन्स’ पश्चात सुशील अभिनित ‘सायद २’, ‘कारखाना’, ‘बादशाह जुट’ लगायतका चलचित्र प्रदर्शनमा आए। अब उनको नयाँ चलचित्र ‘लभ डायरीज’ प्रदर्शनको तयारीमा छ।
भ्यालेन्टाईन डेको अवसर पारी आउँदो शुक्रबारदेखि चलचित्र प्रदर्शनमा आउँदैछ। यो चलचित्रलाई लिएर सुशील निकै आशावादी छन्।
चलचित्रमा सुशीलले मोजमस्तिमा तल्लिन हुने युवाको भूमिका निर्वाह गरेका छन्। उनको अपोजिटमा रुविना थापा छिन्।

डेब्यू चलचित्रमा लभर ब्वाईको भूमिकामा रहेका सुशील ‘लभ डायरीज’मा पनि लभर ब्वाईकै भूमिकामा रहेको बताउँछन्। यद्यपी अहिलेसम्म निर्वाह गरेको भन्दा भिन्न भुमिका रहेको सुशील बताउँछन्। जुन दर्शकले मन पराउने उनको अपेक्षा छ।
त्रिकोणात्मक प्रेमकथामा निर्मित चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। चलचित्रमा सुशील, रुविनाका अलावा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ।







डिसी नेपाल








Facebook Comment