छोरीले अन्तरजातीय विवाह गरेपछि मातापिता र भाइले इनारमा हाम्फालेर आत्महत्या गरे

डिसी नेपाल
२८ माघ २०७६ १५:३७

काठमाडौं। समाजमा जातीय विभेदका कारण निकै गम्भीर परिणामहरु देखिने गरेका छन् । यस्तै एउटा घटना सोमबार भएको छ । २४ वर्षकी छोरीले अन्तरजातीय विवाह गरेपछि उनका मातापिता र भाइले इनारमा हाम्फालेर आत्महत्या गरेका छन् । आज तकका अनुसार घटना भारतको महाराष्ट्रको गडचिरोलीको हो ।

गडचिरोलीका रविन्द्र वरगंटीवारको अर्को जातीका युवकसँग प्रेम थियो । उनले पितासँग आफूले तिनै युवकसँग विवाह गर्न चाहेको बताएकी थिइन् । परिवारले भने उनको यो विवाह गर्ने चाहना स्वीकार गरेनन् । परिवारले आफूहरुको सम्बन्ध अस्वीकार गरेपछि ती छोरीले प्रेमविवाह गर्ने भन्दै शनिबार घर छाडेर हिँडिन् । आइतबार उनले तीर्थषेत्र मार्कण्डादेव मन्दिरमा विवाह पनि गरिन् ।

यो विवाहबाट परिवार निकै दुःखी भए । आफन्तहरुले निकै सम्झाउँदा पनि वरगंटीवार परिवार निकै तनावमा आयो । यही कारण तीनैजनाले सामूहिक आत्महत्या गर्ने फैला गरे । सोमबार दिउँसो १२ र १ बजेको बीचमा उनीहरु आनन्दनगरको खुल्ला ठाउँमा भएको इनारमा पुगे । त्यहाँ आफूहरुसँग भएको सामान किनारामा राखेर तीनैजनाले इनारमा हाम्फाले ।

घटनाको जानकारी पाएपछि इनारवरिपरी ठूलो संख्यामा स्थानीय जम्मा भए । उनीहरुले पुलिलाई सूचना दिए । सूचना पाएर आएको पुलिसले घटनास्थल पुगेर तीनै जनाको शव बाहिर निकाल्यो । मृतकहरु ५० वर्षका रविन्द्र नागोराव वरगंटीवार, ४३ वर्षकी वैशाली रविन्द्र वारगंटीवार र १९ वर्षका साइराम रविन्द्र वारगंटीवार भएको समाचारमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.