विकिरणको नकारात्मक प्रभाव कम गर्न जोड

डिसी नेपाल
२८ माघ २०७६ २२:०६

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विकिरणको नकारात्मक प्रभावलाई कम गर्न आवश्यक रहेको बताएका छन् । मन्त्रालयले मंगलबार यहाँ आयोजना गरेको ‘नेपालमा पारमाणविक विकिरण स्रोत तथा प्रविधिको वर्तमान अवस्थाः आवश्यकता र चुनौती राष्ट्रिय कार्यशाला’ मा मन्त्री पोखरेलले केही विकिरण मानिसले देख्न सक्ने त केही देख्न नसक्ने भएका कारण यसले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा असर गरिरहेको हुँदा कम गर्न आवश्यक रहेको बताए ।

उनले भने, “विकिरणको प्रयोग उद्योग, कृषि, स्वास्थ्य आदिको क्षेत्रका विकासमा गर्नुपर्ने भएका कारण नियामक निकाय र प्रवद्र्धनात्मक निकाय रिसर्च सेन्टरको स्थापना तुरुन्तै गर्नुपर्ने महसुस गरी विधेयक संसद्मा पेश गरेको छु ।” पारमाणविक प्रविधि र आयनिकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग गर्न तथा विकिरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा र वातावरणको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण रहेको मन्त्री पोखरेलले बताए ।

मन्त्रालयका सचिव सञ्जय शर्माले पारमाणविक विकिरणलाई राष्ट्रिय परियोजनाका रुपमा अघि बढाउन आवश्यक रहेको औँल्याए । मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले यस क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता वृद्धि गर्न आवश्यक रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा राजु खनालले भौतिक र रसायनशास्त्र कक्षामा न्युक्लिएर कार्यशाला अभिवृद्धि गर्न आवश्यक रहेको बताए । वीरअस्पतालका विशेषज्ञ डा अनु भट्टराईले नसर्ने रोगका कारण मुलुकमा बढी मानिसको मुत्यु भइरहेको हुँदा यसलाई एक तिहाइमा घटाउन अस्पताल लागिपरेको बताए । त्रिचन्द्र क्याम्पस भौतिकशास्त्र विभाग प्रमुख ईश्वरप्रसाद कोइरालाले प्रशासनिक समस्याका कारण उपकरण भित्र्याउन मुलुकमा समस्या रहेको गुनासो गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.