सूर्य बोहराको ‘ओ प्रिय’ घोषणा, प्रदर्शन मिति पनि तोकियो

डिसी नेपाल
२९ माघ २०७६ ११:४०

काठमाडौं। एभरेष्ट सूर्य बोहराको निर्देशनमा चलचित्र ‘ओ प्रिय’ निर्माणको घोषणा गरिएको छ। मंगलबार चावहिलस्थित गणेशस्थान मन्दिरमा पूजा गर्दै औपचारिक निर्माण घोषणा गरिएको चलचित्रको निर्मातामा हिराल जोशी तथा कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन रहेका छन्।

‘सिनेम्याक्स लण्डन’ले बिरंजना इन्टरटेन्मेन्ट र इएसबी फिल्म नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रमा निर्देशक बोहराकै कथा रहने जनाईएको छ। प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रको निर्माण घोषणासंगै प्रदर्शन मिति समेत तय गरिएको छ। सन २०२१ को ‘भ्यालेन्टाइन डे’ अर्थात फागुन पहिलो सातालाई प्रदर्शन मिति तोकिएको छ।

नेपालका साथमा स्कटल्याण्ड, लण्डन, क्यानडा लगायतमा खिचिने बताउँदै चलचित्रको छायाँकन जुन अन्तिमबाट शुरु गरिने निर्देशक बोहराले जानकारी दिएका छन्।
हाल प्राविधिक र कलाकारको छनोट कार्य जारी रहेको बताईएको छ।

निर्देशक बोहराको यसअघिको चलचित्र ‘हेलो जिन्दगी’ को लण्डन र काठमाडौंमा भिएफएक्स भइरहेको छ। सो चलचित्र दशैको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ। निर्देशक बोहराकै निर्देशनमा अभिनेता विक्रम जोशीले यसअघिनै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए। उक्त फिल्म प्रि प्रोडक्सनमा रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.