सिरियाली फौजलाई आक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी
Turkey's President Recep Tayyip Erdogan speaks during a meeting in Ankara, Turkey, Tuesday, Feb. 11, 2020. Erdogan on Tuesday warned the Syrian government that it will "pay a very, very heavy price" for attacks on Turkish troops. Thirteen Turkish soldiers have been killed in two attacks in the north-western region since Feb. 3. (Presidential Press Service via AP, Pool)
अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन् ।
आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन् ।
सिरियाको इदलिब प्रान्तमा केही दिनदेखि दुई देशका सुरक्षाकर्मीका बीचमा विवाद तथा सङ्घर्ष चलिरहेको बेला राष्ट्रपतिकै चेतावनी आएको हो ।
“यदि हाम्रा सुरक्षाकर्मीलाई असर पर्ने कुनै गतिविधि भयो भने हामी सहेर बस्ने छैनौँ, हामी उनीहरु विरुद्ध कडा रुपमा आक्रमणमा उत्रिन्छौँ,” उनले भने ।
संसद्मा आफ्ना सदस्य भएका नेताहरुलाई एउटा बैठकमा सम्बोधन गर्दै उनले सिरियालीहरुको आक्रमण सैह्य हुन नसक्ने बताए ।
उनले विद्रोहीको सशक्त उपस्थिति र प्रभाव रहेको इदलिबमा गरिएको युद्ध विराम अन्त्यका लागि थप १२ वटा निगरानी चौकी स्थापना गर्न सिफारिस पनि गरिसकेका छन् ।
टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरुले सिरियाका सुरक्षाकर्मीहरुलाई आक्रमण गर्ने उनको भनाइ छ । उनीहरुले स्थल तथा हवाई दुवै माध्यमबाट आक्रमण गर्नसक्ने उनले बताए।







डिसी नेपाल








Facebook Comment