एउटै परिवारका १६ जनाको हत्या

डिसी नेपाल
२९ माघ २०७६ २१:१८

लागोस । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ ।

अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ ।

घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ । प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए ।

घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.