१ घर, ७ दिन, ५ लाशहरुः यसरी अल्झिएको छ बन्द घरभित्र भेटिएका लाशको रहस्य
नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीको एक घर अहिले चर्चामा छ । यो घरबाट अचानक तीब्र दुर्गन्ध आउन थालेपछि यो घरले छिमेकीको ध्यान तानेको थियो । यहाँ ५ जनाको परिवार बस्थ्यो र केही दिनदेखि उनीहरु देखिएका थिएनन् । दुर्गन्ध आउन थालेपछि छिमेकीले पुलिसलाई सूचना दिए ।
आज तकका अनुसार बुधबार पुलिस घटनास्थल पुग्यो । घरको ढोका फुटाएर हेर्दा त्यहाँ परिवारका पाँचै जनाको लाश थियो । दिल्लीको भजनपुरामा रहेको त्यो घरमा पुलिस पुग्दा मुख्य ढोका बाहिरबाट बन्द थियो । घरको पछाडिको ढोका भने भित्रबाट बन्द थियो । ढोका फुटाएर हेर्दा ५ लाशहरु सड्न लागेको अवस्थामा भेटिए । घरमा एकदम्पती र ३ छोराछोरी बस्थे । घरका मुखिया ई रिक्शा चलाउँथे । फरेन्सिक विशेषज्ञका अनुसार पाँचैजनाको मृत्यु भएको एक हप्ता भइसकेको थियो ।
प्रारम्भिक जाँचमा पाँचैजनाले आत्महत्या गरेको देखिएको छ । तर आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । यो घटना २०१८ मा दिल्लीकै बुराडीमा तन्त्र मन्त्रका कारण ११ जनाले आत्महत्या गरेको घटनाजस्तै देखिएको छ । पुलिसका अनुसार लाशहरु क्षतविक्षत अवस्थामा भेटिएका छन् । आत्महत्याजस्तो देखिए पनि यसको कारण खुल्न नसक्दा केस अल्झिएको छ ।







डिसी नेपाल








Facebook Comment