किशोरीले कण्डममा ड्रग्स राखेर भित्री वस्त्रमा लुकाइन्, पार्टीमा छिर्न खोज्दा पक्राउ
काठमाडौं। लागूऔषधको नशा निकै खतरनाक हुन्छ । तर यसको लत यस्तो हुन्छ कि सजिलै छाड्न सकिँदैन । यसको लतमा फसेकाहरु कैयौं पटक यसलाई लुकाएर ओसारपसार गर्ने प्रयास गर्छन् र यस क्रममा फस्ने गर्छन् । १९ वर्षकी एक हेयर ड्रेसरले अस्ट्रेलियाको सिड्नीमा एक उत्सवको क्रममा यस्तै गर्दा फसेकी छिन् । पक्राउ परेपछि उनले आफैंले ड्रग्स लिएर पार्टीमा जाने प्रयास गरेको स्वीकार गरेकी छिन् । उनले ड्रग्न लुकाउने तरिका पनि निकै विचित्रको थियो ।

डेलिमेलको समाचार अनुसार यी किशोरीले कण्डमभित्र कोकिन र केटामाइनका ट्याब्लेट भरेर त्यो कण्डमलाई आफ्नो पेन्टीभित्र लुकाएकी थिइन् । ताया क्रोथर नामकी ती किशोरीले पुलिस र अदालतसमक्ष आफूले कण्डममा ड्रग्स राखेर त्यसलाई पेन्टीभित्र राखेर पार्टीमा प्रवेश गर्ने प्रयास गरेको स्वीकार गरेकी छिन् । यो घटना सिड्नीमा भएको फिल्ड डे उत्सवमा भएको हो । ताया आफ्ना ब्वाइफ्रेण्डसँग यो उत्सवमा गएकी थिइन् ।

उत्सवमा जाँदा उनले पेन्टीभित्र यी प्रतिबन्धित लागूऔषध राखिएको कण्डम लुकाएकी थिइन् । उनलाई उत्सवमा प्रवेश गर्ने बेला पुलिसले जाँचको लागि रोक्यो । उनलाई एउटा पालमा लगियो जहाँ एक महिला पुलिसकर्मीले उनको जाँच गरिन् । महिला पुलिसले उनको कपडा खोलेर जाँच गर्दा उनको कपडाभित्रबाट कण्डम निस्कियो । कण्डमभित्र ड्रग्स राखिएको थियो ।

पुलिसले उनलाई पक्राउ गरेर गोसफोर्ड अदालतमा पेश गर्यो । अदालतमा पुलिसले तायाले जाँचमा पूरा सहयोग गरेको र सबै कुरा स्वीकार गरेको बतायो । तायाले आफ्नो गल्ती स्वीकार गरेपछि अदालतले उनलाई सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको छ । साथमा अदालतले उनलाई १२ महिनासम्म राम्रो व्यवहार गर्न निर्देशन दिएको छ ।







डिसी नेपाल








Facebook Comment