बिहे गरेर फर्केका बेहुला बाटोबाटै बेपत्ता, आफ्नै टाइले रुखमा झुण्डिएको लाश भेटियो
काठमाडौं। बिहे गरेर बेहुली लिएर घर फर्कंदै गरेका बेहुला बाटोबाटै बेपत्ता भए । फर्किने क्रममा बाटोमा केही खानको लागि उनीहरु एउटा ढाबामा रोकेका थिए । त्यसपछि बेहुला शौचालय गए । उनी नफर्किएपछि रातभर उनको खोजी भयो । बिहान बेहुलाको शव एउटा रुखमा संदिग्ध अवस्थामा उनकै टाइले झुण्डिरहेको भेटियो । आज तकको समाचार अनुसार घटना उत्तर प्रदेशको मुरादाबाद जिल्लाको हो ।

सोमबार राती उनी जन्तीसहित बेहुली लिएर फर्कदै थिए । जनपद अमरोहाको कुआंढाली गाउँमा २२ वर्षका दुश्यन्त गिरीको बिहे बरेली जिल्लाको कुतकारपुर गाउँकी आशासँग सोमबार धुमधामका साथ भएको थियो । त्यसपछि दुश्यन्त बेहुली लिएर फर्कदै थिए । उनको कारमा दुश्यन्तका बेहुला बेहुली, उनका दाजुका साथै दुई फोटोग्राफर पनि थिए । ढाबामा कार रोकेपछि बेहुलीसमेत सबै खाजा खान थालेका थिए भने दुश्यन्त शौचालय गएका थिए । जहाँबाट उनी अचानक बेपत्ता भए ।
उनले आत्महत्या गरेका हुन् वा हत्या भन्ने प्रस्ट भइसकेको छैन । पुलिसले दुवै दिशामा अनुसन्धान अगाडि बढाएको छ । परिवारले समेत घटनाको कारण अनुमान गर्न सकेका छैनन् । पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएको छ । पोस्टमार्टमपछि थप खुलासा हुन सक्ने पुलिसले अपेक्षा गरेको छ । दुश्यन्तको शव उनीहरुले खाजा खान रोकेको ढाबाभन्दा २ किलोमिटर टाढा जंगलमा भेटिएको थियो ।







डिसी नेपाल








Facebook Comment