म्यानमारको एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा २१ विद्यार्थी घाइते
याङ्गोन । बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २१ बालबालिका घाइते भएका छन् । रखाइन राज्यमा म्यानमारको सेनाले लामो समयदेखि आराकन सशस्त्र विद्रोही (एए) ले जातीय मुक्तिका लागि गरेको आन्दोलनविरूद्ध युद्ध गरिरहेको छ ।
बिहीबारको आक्रमण बुटिडाउङ नगरको एक बस्ती जजिकै भएको हो, जहाँ म्यानमारले सशस्त्र विद्रोही विरूद्ध लामो समयदेखि लड्दै आएको छ । आक्रमण सरकारी सेना वा विद्रोहीले गराएका भन्नेबारे पुष्टि हुनसकेको छैन ।
गत वर्षको जनवरीदेखि दुई पक्षबीच चलेको द्वन्द्वले चर्को रूप लिएपछि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यसबीचमा उक्त स्थानबाट करिब एक लाख स्थानीय विस्थापित भएका छन् ।
एएले जातीय रखाइन बौद्धमार्गीहरूको स्वतन्त्रताका लागि लडिरहेको दाबी गरेको छ । रखाइन क्षेत्र म्यानमारका अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिंज्याहरूको बाहुल्यता भएको क्षेत्र हो ।
खाम्वे गाउँका शिक्षक थार आय माउङ्गले एएफपीलाई फोनमार्फत बिहीबार दिएको जानकारीमा भने, “विद्यालयमा भएको आक्रमणमा २१ जना विद्यार्थी घाइते भएका छन् । आक्रमणबाट घाइते भएकी एक बालिकालाई हात र खुट्टामा गम्भीर चोट लागेको र अन्य विद्याथीहरूलाई पनि शरिरका विभिन्न भागमा चोट लागेको लागेको छ ।” घाइते भएका विद्यार्थीहरू बुद्धमार्गी खामी समुदायका रहेका बताइएको छ ।
“बिहीबार बिहान सरकारी सेना र विद्रोही एए समूहबीच विद्यालयबाट करिब तीन किलोमिटर टाढा भिडन्त भइरहेको थियो,” उनले थपे । हामीले विद्यालयदेखि टाढा युद्ध भएका कारण गोलाबारूद विद्यालयसम्म नआउने सोचेर कक्षा सञ्चालन गरिरहेका थियौँ तर एक्कासी मोर्टार विद्यालय परिसरमा खसको थियो ।
माउङदाव जिल्लाका प्रशासन प्रमुखले घटनाको पुष्टि गर्नुभएको छ तर घाइतेहरूको सङ्ख्या भने १९ रहेको उनले बताए । उनले विद्यालयमा सेनाले आक्रमण गर्नुपर्ने कारण नभएको तर कहिलेकाही सेनाको विद्रोहीले लुटेका हतियार यस्ता घटनामा प्रयोग हुने गरेका म्यानमार सेनाका पश्चिमी कमाण्डका प्रवक्ता कर्नेल विन ताओले बताए ।
हाम्रो लुटिएको हतियार विद्यालयमा हानेर सेनाले आक्रमण गरेको भनी उनीहरूले गलत दावी गरिरहेको प्रवक्ता ताओले बताए । यस घटनाबारे विद्रोहीको भनाइ राख्न गरेको प्रयास सफल हुनसकेन ।







डिसी नेपाल








Facebook Comment