जर्मनीको प्रतिक्रियाको अभावमा फ्रान्स ‘बेचैन’: म्याक्रोँ

डिसी नेपाल
३ फागुन २०७६ २२:३७

म्यूनिक, जर्मनी । बेलायतको यूरोपेली संघ (ईयू) बाट बहिर्गमनसँगै ईयूलाई सुदृढ पार्ने प्रयासमा जर्मनीको प्रतिक्रियाको अभावले फ्रान्स ‘बेचैन’ बनेको राष्ट्रपति इमानुएल म्याक्रोँले शनिबार बताएका छन् ।

म्यूनिक सुरक्षा सम्मेलनका अवसरमा जर्मनी पुगेका म्याक्रोँले प्रस्तावित ईयू सुधारको बारेमा जर्मन चान्सलर एन्जेला मर्केलको मौनताबाट निराश पारेको हो भन्ने प्रश्नमा भने, “म निराश हैन, म बेचैन छु ।”

“हामीसँग एक अर्काबाट उत्तरको पर्खाइका इतिहास छन्,” उनले भने । “मुख्य कुरो यो छ कि आउँदा वर्षहरूमा यूरोपेली तहमा सार्वभौमिकताका मुद्दामा धेरै छिटो अघि बढ्नु पर्नेछ ।”

बेलायतले इयूबाट बहिर्गमन रोजेपछि म्याक्रोँले लामो समयदेखि वित्तीय र रक्षा मामिलामा गहिरो एकीकरणसहित युरोपेली संघको महत्वाकांक्षी सुधार योजनामा जोड दिएका छन् । यद्यपि परम्परागत रूपमा युरोपेली परियोजनाको जुम्ल्याहा ‘मोटर’ भनेर चिनिने पेरिस र बर्लिनले ईयूको नयाँ सुधारको नेतृत्व लिनसकिने प्रति म्याक्राँे आशावादी देखिएका छन् । इयू क्षेत्रको साझा बजेटको प्रस्तावमा जर्मनी र केही अन्यको मुलुकको प्रतिरोधले म्याक्रोँलाई झस्काएको छ ।

हालसालै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)लाई अमेरिकाको आणविक कवचबाट अलग्गाउने र आणविक नियन्त्रणका लागि रक्षा रणनीतिलाई युरोपको केन्द्रबिन्दुमा राख्ने फ्रान्सको प्रस्तावले बर्लिनमा राम्रो प्रतिक्रिया पाएको छ ।

सन् २०२१ मा जर्मनीकी अनुभवी चान्सलर मर्केलको नेतृत्वबाट पछि हट्ने घोषणा भइसकेको अवस्थामा मर्केल युगको अन्तसँगै नेतृत्वमा आउने जर्मन नेतालाई सुधारको दिशामा धकेल्नका लागि मर्केलको भूमिका महत्वपूर्ण हुने विश्वास फ्रान्सेली राष्ट्रपतिले बताए ।

सम्मेलनका अवसरमा म्याक्रोँले जर्मनीको ग्रीन्स पार्टीका नेताहरू, र मर्केलको सीडीयू र सीएसयू कन्जर्भेटिभ समूहका शीर्ष नेतृत्वसँग भेट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.