युवकले यौन सम्बन्धको बीचमा आफ्नै श्रीमतीको ब्लेडले घाँटी काटेर मारिदिए
काठमाडौं। २१ वर्षका एक युवकले यौन सम्बन्धका क्रममा ब्लेडले आफ्नी श्रीमतीको घाँटी काटेर मारिदिएका छन् । पुलिसका अनुसार ती युवकले आफूले श्रीमतीको हत्या गरेको स्वीकार पनि गरेका छन् । पुलिसका अनुसार घटनापछि यी आरोपी युवकले आफूलाई पीडित देखाउने प्रयास गरेका थिए । यसका लागि उनी आफैंले आफ्नो हात र घाँटीमा काटेर घाइते भएका थिए ।

यौन सम्बन्धका बीचमा श्रीमतीको हत्या भएको यो सननीपूर्ण घटना ब्राजिलको साओ पाउलो राज्यको भर्जी पलिस्टा क्षेत्रको भएको डेलिमेलको समाचारमा उल्लेख छ । २१ वर्षका आरोपी मर्सिलो अरौजोलाई पुलिसले गिरफ्तार गरेको छ । मर्सिलोकी पत्नी फ्रेसिनेको उमेर २२ वर्ष थियो । पुलिसका अनुसार ईष्र्याका कारण युवकले पत्नीको हत्या गरेका थिए ।

२२ डिसेम्बर २०१९ मा भएको घटनाका विषयमा पुलिसले ६ हप्तासम्म अनुसन्धान गरेर घटनासँग सम्बन्धित प्रमाणहरु जुटाइएको जानकारी दिएको छ । यसअघि आरोपीले घटनाको विषयमा फरक फरक बयान दिएका थिए ।

पुलिसका अनुसार फ्रेसिने तेस्रो पटक गर्भवती भएकी थिइन् । यही विषयमा उनीहरुबीच विवाद भएको छ । पुलिस उनीहरुको घर पुग्दा पति पनि गम्भीर अवस्थामा थिए । उनको नाडी र घाँटीमा काटिएको घाउ थियो । उनले आफूलाई पीडितको रुपमा देखाउने कोसिस गरेका थिए ।







डिसी नेपाल








Facebook Comment