सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु, बजार अशान्त
सुर्खेत। सुर्खेतको भेरी–गंगा नगरपालिका १२ मा रहेको छिन्चु बजारमा मंगलबार राति फोर्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ३ ख ६३५२ नम्बरको फोर्स गाडिले ठक्कर दिँदा भेरी–गंगा नगरपालिका ४ का ३२ वर्षीया राजु बोहोराको मृत्यु भएको हो।
आफ्नो भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकी हिड्ने क्रममा पछाडिबाट आएको फोर्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका बाहोरालाई उपचारका लागि बाँकेको नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्थायी ट्राफिक पोस्ट छिन्चुले जानकारी दिएको छ।
बोहोराको मृत्युसँगै अहिले उक्त छिन्चु बजार अशान्त बनेको छ। चालकलाई कारबाहीको माग गर्दै छिन्चुबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु आफ्न्त तथा स्थानीयबासीले चल्न दिएका छैनन्। बजार पनि पूर्ण रुपमा बन्द भएको छ। फोर्स गाडी चालक र साहु फरार रहेकको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment