सावधान ! सामाजिक सञ्जालमा केही पोष्ट गर्दै हुनुहुन्छ ? फस्नुहोला ।
काठमाडौं । प्रविधिको बढ्दो प्रयोगले मानव जीवन जति सहज बनेको छ त्यति नै गाह्रो पनि । इन्टरनेटको माध्यामबाट संसारका हरेक कुना कन्दराहरु आफ्नै हातमा देख्न र पढ्न पाइन्छ । प्रविधिसँग रमाउन सक्नेहरुकालागि संसार सानो छ भन्ने आभास हुन्छ ।
प्रविधिको विकास सँगसँगै सम्बन्धित अपराधहरु पनि फैलिएका छन् । सामाजिक सञ्जालले जसरी एक अर्का माझ पुग्न सजिलो बनाएको छ त्यो भन्दा धेरै सजिलो आपराधिक मानसिकता भएकाहरुलाई सजिलो भएको छ । प्रविधिको प्रयोगले साइबर अपराध बढ्दै गएको पाइन्छ ।
नेपाल प्रहरीले साइबर अपराधको बारेमा अनुसन्धान गर्न साइबर ब्यूरो नै गठन गरेको छ । कतिपय अवस्थामा साइबर अपराधको बारेमा जानकारी नै नपाएर पनि कतिपय फस्ने गरेका छन् ।
साइबर अपराध (क्राइम) भनेको कम्प्युटर, ल्यापटप, मोबाइल, ट्याबलेट वा अरु कुनै इलेक्ट्रिोनिक माध्यमबाट कानूनद्वारा निषेधित काम गरेको भन्ने बुझिन्छ ।
साइबर अपराधमा संलग्नलाई अपराधको प्रकृति अनुसार दण्ड तथा जरिवाना हुने व्यवस्था बर्तमान कानुनमा उल्लेख छ । तथापि कतिपय अवस्थामा जानेर होस् वा नजानेर मानिसहरु साइबर अपराधका भागिदार भएको समाचार दिनहुजसो सुनिदै आएको छ ।
साइबार अपराधमा धेरै सुनिने शब्द भनेको साइबर बुलिङ (Cyber Bullying) हो ।
सूचना प्रविधिको प्रयोग गरी कुनै पनि व्यक्तिलाई निजको व्यक्तित्वमा नकारात्मक असर पार्ने, सामाजिक मान प्रतिष्ठमा खलल पु¥याउने आदी जस्ता कार्यलाई साइबर बुलिङ भनिन्छ । जस्तैः इमेल, एसएमएस, सामाजिक सञजाल साइटहरुमा पोष्ट गरिएका आपत्तिजनक श्रव्यदृष्य, हानि पु¥याउने उद्देश्यले बनाइएका नक्कली प्रोफाईल आदी साइबर बुलिङका उदाहरण हुन् ।
साइबर स्टकिङ् (Cyber Stalking)
इन्टरनेटमा अर्को व्यक्तिको गतिविधिलाई निगरानी गरेर धम्किपूर्ण पूचना पठाउनु वा अनाधिकृत तवरबाट अर्काको Chat Room मा गएर हैरान पार्नु ।
फर्जरी ( Forgery)
अत्याधुनिक उपकरणको प्रयोग गरी अनाधिकृत रुपमा जाली नोट छाप्ने, जाली मार्कसिट वा प्रमाणपत्र, लाइसेन्स आदी बनाउने कार्य आदी
गैरकानूनी वस्तुको खरिद बिक्री ( sale of illegal articles )
प्रतिबन्धित लागूपदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अंग, छालाहरु जस्ता सामाग्रीको खरीद विक्री वा विज्ञापन इन्टरनेटको माध्यामद्वारा गर्नु ।
साइबरबाट मानहानी (Cyber Dfamation)
अन्य व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले वेभसाइट, सामाजिक संजाल तथा इमेलको माध्यामद्वारा दुश्प्रचार गर्नु ।
वित्ताीय अपराध ( Financial Crime)
धोखाधडी, क्रेडिट कार्ड जालसाजी अबैधरुपमा दुद्राको कारोबार आदी जसता कार्यहरु ।
भाइरस वा वर्म अट्याक्स ( Virus/worm Attacks )
दुराशय भावनाले प्रेरित भई अरुको कम्प्यूटरमा इमेल मार्फत भाइरस पठाउने कार्यहरु ।
साइबर पोर्नोग्राफी (Cyber Pornography)
समाजमा विकृति फैलाउने अश्लील तथा यौनजन्य सामाग्रीहरु कम्प्यूटरको माध्यामबाट इन्टरनेटमा प्रशारण, प्रकाशन तथा वितरण गर्ने कृयाकलाप ।
बौद्धिक सम्पत्ति सम्बन्धी अपराध ( Intellectual Property Crimes)
सफ्टवेयरको अनाधिकृत रुपबाट प्रतिलिपि बनाउनु, अरुको ट्रेडमार्क चोरी गर्नु, कम्युटर प्रोगामको सोर्सकोड चोरी गर्नु आदी ।
सलामी अट्याक्स (Salami Attacks )
यस्तो अपराध अन्तर्गत कसैले कुनै एउटा बैंकको सम्पूर्ण सूचना रहेको मूख्य कम्प्यूटर नेटवर्कको माध्यामद्वारा अनाधिकृत रुपमा प्रवेश गरेर बैंकको खाताहरुबाट थोरै रकम आफ्नो खातामा जम्मा गर्ने कृयाकलापहरु ।
नेपालमा हाल देखिएका साइबर अपराधहरु
–ईमेल वा मोबाइलको एसएमएसबाट जथाभावी धम्की दिने वा पैसाको माग गर्ने । इमेल तथा एसएमएसबाट जुवा, चिठ्ठा खेल्ने वा खेलाउने ।
–सामाजिक सञ्जलमा अरुकै नाम र तस्वीर प्रयोग गरेर प्रोफाईल वा पेज खोलेर बेइज्जत गर्ने ।
–नग्न तस्वीरमा व्यक्तिको अनुहार जोडेर ईन्टरनेटमा राख्ने कार्य ।
–ओरिजिनल सिर्जनाहरु चोरेर त्यसको कपी बनाउने अथवा बिक्ती गर्ने कार्य ।
–अश्लील सामग्रीहरु ईन्टरनेटमा राख्ने अथवा अरुलाई पठाउने कार्य ।
–सरकारी तथा अन्य संस्थाहरुको वेबसाइट वा अनलाईन बैंकिङ ह्याक गर्ने कार्य ।
–सामाकि सञ्जालबाट बहुमूल्य सामान पठाईदिन्छु भनेर एसएमएस र फोटा पठाउने । र सामानको पैसा बैंकमा जम्मा गर्न लगाउने अनि पैसा जम्मा भएपछि सामान नपठाउने ।
साइबर क्राइम समबन्धी उजुरी कहाँ र कसरी गर्ने?
–आफूमाथि साइबर क्राइम भएको थाहा पाए देखि ३५ दिन भित्र उजुरी गर्नुपर्छ । नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय तथा काठमाडौंको भोटाहिटीमा रहेको साईबर ब्यूरोमा गएर उजुरी दर्ता गराउनु पर्छ ।
– तपाईले [email protected] मा मेल गर्न पनि सक्नु हुन्छ ।
साइबर अपराधको शिकारबाट जोगिन के गर्ने?
– आफ्नो कम्प्युटर, ल्यापटप, इमेल, फेसबुक, ह्वाट्सयाप लगायतको पासवर्ड कसैलाई नदिने र समय समयमा पासवर्ड परिवर्तन गरी राख्ने । अपरिचित व्यक्ति वा संस्थाबाट आएको ईमेल नखाल्ने ।
–ईमेलमा काम गरी सकेपछि साइन आउट वा लग आउट गर्ने । ईमेल तथा मोबाईलमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भर नपर्ने । यस्ता ईमेल तथा म्यासेजमाथि शंका लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने ।
– साइबर सञ्चालकले आफ्ना ग्राहकको विवरण राख्ने ।
– आवश्यकता नभएको बेला कम्प्यूटर तथा ल्यापटप जस्ता उपकरण अफ गर्ने । कम्प्यूटर समय सापेक्ष अपडेट गरिरहने । कम्प्युटरमा सेक्यूरिटी सफ्टवेयरहरुको प्रयोग गर्ने ।
– सामाजिक सञ्जालहरुमा अनावश्यक तस्वीरहरु तथा व्यक्तिगत विवरण नराख्ने । ख्याल गर्नुपर्ने कुरा के हो भने इन्टरनेटमा पोस्ट गरिएका सामग्री कहिले पनि मेटिदैनन् ।
– कुनै पनि मेल वा मेसन्जरमा लिंक आएमा पहिला लिंक सहि हो वा होईन पत्ता लगाएर मात्र लिंकमा क्लिक गर्ने ।
–आफ्नो नाममा रहेको ईन्टरनेट सेवा अनावश्यक तथा अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिने ।
– मोबाइल अथवा कम्प्युटर वा कुनैपनि माध्यमबाट अश्लील सामग्री आदान प्रदान नगर्ने ।
– कुनै पनि मोबाइल एप्लिकेसन वा प्रोग्राम हाल्नु भन्दा अगाडी सर्त र नियमहरुलाई ध्यान दिएर पढ्ने ।
– आफूले प्रयोग गर्ने बैंक कार्डहरु (डेबिट र क्रेडिट) को बारेमा निरन्तर अपडेट रहने । कार्ड वा पिन कोड अरुलाई नदिने ।
– कुनै पनि प्रोग्रामको सक्कली सफ्टवेयर मात्र प्रयोग गर्ने ।
– प्रयोगमा नहुँदा मोबाइलको डाटा र वाइफाइ अफ गर्ने । गैरकानुनी रुपमा अरुको वाइफाइ प्रयोग नगर्ने । निःशुल्क पाएको वाइफाई, प्रोग्राम वा मोबाइल हटस्पट लगायतको प्रयोग गर्दा सावधानी अपनाउने ।
– मोबाइल हराएमा आफ्नो दुरसञ्चार सेवा प्रदायकलाई जानकारी गराई आफ्नो सीम ब्लक गराउन लगाउने । तपाईको मोबाईलको दुरुपयोग भई तपाई समस्यामा पर्न सक्नुहुन्छ, सावधान रहनुहोस् ।
साइबर अपराध सम्बन्धी निबेदन तथा जानकारीका लागिः
प्रहरी प्रधान कार्यालय
साइबर ब्यूरो
भोटाहिटी, काठमाडौं
फोन नं ०१४२१२०४४, ९८५१२८६७७०
इमेलः[email protected]







डिसी नेपाल







Facebook Comment