न्यायालयको सुधारमा लागिपरेको छु : प्रधानन्यायाधीश
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायको अनुभूति गर्ने आशाको केन्द्रबिन्दु न्यायपालिका भएको बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनको ४७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘न्यायपालिकाको सुधार र परिमार्जन गर्न तथा यसको गरिमालाई उच्च राख्न सम्बन्धीत सबै पक्ष सक्रियताका साथ लाग्नुपर्दछ ।’
प्रधानन्यायाधीश जबराले आफूले नेतृत्व गरेको संस्थालाई बुद्धिले भ्याएसम्म स्वतन्त्र, सक्ष्म र सुदृढ बनाउन लागिपरेको बताए।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले आचारसंहिताको पालना कडाईका साथ गर्न न्यायाधीश र कानून व्यवसायीलाई आग्रह गरेका थिए । ‘समाज फौजदारीकरण हुँदैछ, कानून व्यवसायी पेशामा इमान्दार भएर बस्नुस्’, उजले भने, ‘न्यायालय जनताको अन्तिम आशाको केन्द्र हो ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीको आचरणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै न्याय सम्पादनमा सहयोग पु¥याउनका लागि पारदर्शी ढङ्गबाट न्यायपालिकाको इज्जत राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सर्वोच्च बारका संस्थापक अध्यक्ष स्व वरिष्ठ अधिवक्ताद्वय कुसुम श्रेष्ठ र वासुदेव ढुङ्गानाले न्याय क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणसमेत गरिएको थियो ।







डिसी नेपाल







Facebook Comment