आठ जोडी बालबालिकाको विवाहमा रोक

डिसी नेपाल
८ फागुन २०७६ २२:०६

हेटौंडा । मकवानपुर जिल्लामा बालविवाह रोक्ने अभियानअन्तर्गत एक सातामा आठ जोडी बालबालिकाको विवाहमा रोक लगाइएको छ । बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता र सिविन बाल हेल्पलाइन मकवानपुरको पहल एवं सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा बालविवाह गर्नमा रोक लागाइएको हो ।

एक सातामा भीमफेदी गाउँपालिकामा ७ वटा बालविवाहमा रोक लगाइएको छ । यसै गाउँपालिकाका अध्यक्ष हिदम लामाले बालविवाह न्यूनीकरण नगरी बालमैत्री पालिका घोषणा गर्न नसकिले भएकाले सर्वप्रथम बालविवाहमा रोक लगाउन पालिकाको तर्फबाट कुनै कसूर बाँकी नराख्ने बताए।

बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झविन्द्र ज्ञवालीलगायतको सहभागितामा बालविवाह रोक लगाउन गाउँपालिका कै छलफलमा अध्यक्ष लामाले भने । लामाले छलफलमा बालबालिकाको अभिभावकसँग बालविवाहविरुद्ध सरकारी नीतिको जानकारी गराएर बालबालिका र अभिभावकलाई सचेत गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.