घुस लिएको अभियोगमा प्राविधिक पक्राउ
सांकेतिक तस्वीर
सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेतका एक प्राविधिकलाई दुई लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई बिहीबार भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको बताए । अख्तियारको टोलीले घटनास्थल मुचुल्कापछि प्राविधिक केसीमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment