खरिपाटी क्वारेन्टाइनमा पर्यटनमन्त्रीद्वारा अनुगमन

डिसी नेपाल
८ फागुन २०७६ २२:३३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन बिहीबार खरिपाटी पुगेका मन्त्री भट्टराईले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारे जानकारी लिएका थिए। सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी पनि लिएका थिए । उनले नेपालमा कोरोना भाइरस नरहेको र यसबाट डराउनुपर्ने अवस्था नरहेको भन्दै पर्यटन वर्ष २०२० लाई सफल पार्न सबै निकायबाट लाग्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.