आमूलपरिवर्तन गर्ने अल्जेरियाली राष्ट्रपतिको प्रतिबद्धता
पेरिस । अल्जेरियाका राष्ट्रपति अब्देल्माड्जीद तेब्बौनेले मुलुकमा आमूलपरिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। देशमा लामो समय शासन गरेका अब्देलाजिज बौटेफ्लीकाको उत्तराधिकारी बनेका तेब्बौनेले गत डिसेम्बरदेखि जिम्मेबारी समहालेपछि मुलुकलाई नयाँ अवस्थामा पु¥याउने बताउँदै आएका छन् ।
उनले अहिले आन्दोलन गर्ने बेला नभइ मुलुकको परिवर्तनका लागि मेहनत गर्ने बेला भएकोमा जोड दिएका छन् । फ्रान्सको एउटा दैनिक पत्रिकामा बिहीबार प्रकाशित अन्तर्वार्तामा उनले गत डिसेम्बर १२ मा भएको निर्वाचनबाट आफु राष्ट्रपतिमा निर्वाचित भएकाले काम गर्न दिन आग्रह पनि गरेका छन् ।
“हामीले आन्दोलन गरेर, असहयोग गरेर र सम्पत्ति तथा संरचनाको क्षति गरेर मुलुकको पुनःसंरचना गर्न, मर्मत गर्न र नयाँ अवस्थामा लैजान सकिँदैन,” उनले भनेका छन् ।







डिसी नेपाल








Facebook Comment