मदन भण्डारी फाउण्डेशन कर्णालीको अध्यक्षमा शर्मा

डिसी नेपाल
८ फागुन २०७६ २३:०५

सुर्खेत। कर्णाली प्रदेश स्तरीय मदन भण्डारी फाउण्डेशन गठन गरिएको छ। नेकपा (नेपाल कम्युनिस्ट पार्टी) दैलेखका अध्यक्ष तथा सांसद रविन्द्रराज शर्माको अध्यक्षतामा विहीबार वीरेन्द्रनगरमा २९ सदस्यीय फाउण्डेशन गठन गरिएको हो।

समितिको सचिवमा सुर्खेतका कुलमणि देवकोटा रहेका छन् ।

समितिको सदस्यमा नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्र कुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द, मेनका पछाईलगायत रहेका छन्।

मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उद्देश्यले प्रदेशमा पहिलो पटक गठन गरिएको फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरुले बिहीबार सपथ समेत लिएका छन् । नेकपाका केन्द्रीय सदस्य एव पूर्व सांसद लक्ष्मी पोखरेलले एक कार्यक्रमका बीच सपथ गराएका हुन् । सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पोखरेलले भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताए।

यसैबीच फाउण्डेशनको पहिलो बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ। जस अन्तर्गत सचिव कुलमणि देवकोटालाई कार्यालय संचालनको जिम्मेवारी दिइएको छ भने फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मिना रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दान सिंह परियार, हुम्लामा दल फडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुमका ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमायाढकाललाई जिम्मेवारी दिइएको छ।

बैठकले फागुन मसान्तसम्म कर्णाली प्रदेशका दशवटै जिल्लामा फाउण्डेशको गठन र पुर्नगठन गर्ने, चैत्र मसान्तसम्म स्थानीय तहहरुमा कमिटी गठन गर्ने र आगामी जेठको पहिला साता प्रदेश स्तरीय भेला गर्ने निर्णय गरिएको सचिव देवकोटाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.