पाँचथरमा ३ कक्षाकी छात्रामाथि दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ, ७ दिनको म्याद थप

डिसी नेपाल
९ फागुन २०७६ ९:३८

काठमाडौं। आफ्नै स्कुलकी छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् । उनले ३ कक्षामा पढ्ने १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप छ । उनलाई हिजो जिल्ला अदालतमा पेश गरी अनुसन्धानको लागि ७ दिनको म्याद थपिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी सिद्धराज न्यौपानेका अनुसार पीडित बालिकाकी आमाले प्रधानाध्यापकविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई बिहीबार पक्राउ गरिएको हो । बुधबार प्रधानाध्यापकले संवेदनशील अंगमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको थियो । डिएसपी न्यौपानेले मुद्दा बालिकाको भएकोले संवेदनशील हुने भन्दै आरोपी प्रधानाध्यापकको नाम र विद्यालयको नाम नखुलाइदिन आग्रह गरे ।

ती प्रधानाध्यापकले यसअघि पनि पटक पटक दुर्व्यवहार गर्दै आएको पीडितका आफन्तले बताएका छन् । पक्राउ परेका प्रधानाध्यापकमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ । घटना सार्वजनिक भएपछि ती प्रधानाध्यापकले घटनालाई मिलाउन केही स्थानीय नेतामार्फत बालिकाको परिवारलाई दबाब दिएका थिए । गाउँमा मिल्न इन्कार गर्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.