बाढीमा परेर चार विद्यार्थीको मृत्यु, दश बेपत्ता
File Photo
इन्डोनेसिया । इन्डोनेसियामा शुक्रबार आएको बाढीका कारण डुबेर कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ ।
बाढीले बगाएकाले अरु दश जना अझै हराइरहेका छन् । सरकारी अधिकारीहरुका अनुसार नदीको छेउछाउबाट यात्रा गरिरहेका बेला उनीहरुलाई नदीमा आएको बाढीले बगाएको हो ।
झण्डै २५० जनाको समूहमा रहेका विद्यार्थीमध्ये अरु दुई दर्जन घाइते भएका छन् । घाइते भएकालाई स्थानीय योगाकार्तमा रहेको अस्पतालमा उपचारका लागि लगिएको छ ।
“उनीहरु नदीको छेउछाउको यात्रा गरिरहेका थिए, त्यही बेलामा एक्कासी शक्तिशाली बाढी आएर केही विद्यार्थीहरूलाई बगायो, केहीको डुबेर मृत्यु भयो भने केही घाइते भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता अगुस विबोवोले भने ।
मृत्यु भएकाहरु सवै माध्यामिक विद्यालयका विद्यार्थी रहेको जनाइएको छ । सरकारी अधिकारीले हराइरहेकाहरूको खोजी कार्य तीब्ररूपमा भइरहेको जानकारी दिएका छन् ।
धेरै जना हराइरहेकाले मृत्यु हुनेको संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले बताएका छन् ।







डिसी नेपाल








Facebook Comment