प्रेमविवाह गरेकै कारण आफ्नै माइतीबाट मारिइन् शीतल

डिसी नेपाल
१० फागुन २०७६ ९:४६

काठमाडौं। परिवारको इच्छाविपरित प्रेम विवाह गरेकी एक युवती आफ्नै माइतीबाट मारिएकी छिन् । उनले स्वेच्छाले विवाह गरेपछि रिाएका परिवारले उनको हत्या गरेका हुन् । आज तकको समाचार अनुसार पूर्वी दिल्लीको अशोकनगरकी शीतल चौधरीलाई आफ्नै माइतीले मारेर शवलाई ८० किलोमिटर टाढा उत्तर प्रदेशको अलीगढ जिल्लाको जावा नहरमा लगेर फालिदिएका थिए । शीतलका पतिले उनी हराएको उजुरी दिएपछि अनुसन्धानको क्रममा यसको खुलासा भएको हो ।

पुलिले हत्याको आरोपमा शीतलकी आमा सुमन, पिता रविन्द्र, ठूलोबुवा संजय, फूपाजु ओमप्रकाश, फुपुका छोरा परवेशलाई पक्राउ गरेको छ । समाचारअनुसार रविन्द्र चौधरीकी छोरी शीलतको छिमेकमा रहने अंकित भाटीसँग प्रेम थियो । तीन वर्षको प्रेम सम्बन्धपछि गएको अक्टोबरमा उनीहरुले आर्य समाज मन्दिर पुगेर बिहे गरेका थिए । शीतलले बिहे गरेको थाहा पाएपछि माइतीले यो विवाह तोड्न निकै प्रयास गरे तर शीतलले नमानेपछि माइतीले नै उनको घाँटी थिचेर हत्या गरिदिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.