‘ब्लेन्डर्स प्राइड फेशन टुर’ मा प्रियंकाको जलवा, हेर्नुहोस् ११ तस्वीर

डिसी नेपाल
११ फागुन २०७६ १६:०३

मुम्बइ। अभिनेत्री प्रियंका चोपडा आफ्नो कामका विषयमा निकै गम्भीर छिन् । उनी आफ्नो कामको सिलसिलामा अमेरिका र भारत आवतजावत गरिरहन्छिन् । हालै प्रियंकालाई मुम्बइ एयरपोर्टमा देखिएको थियो । लगत्तै उनका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

यी फोटोहरु ब्लेन्डर्स प्राइड फेशन टुर २०२० का हुन् । यो कार्यक्रममा प्रियंकाले र्याम्पमा क्याटवाक गरेकी थिइन् । कार्यक्रममा प्रियंकाले कालो रंगको आउटफिट लगाइन् । स्मोकी आइमेकअप, न्यूड लिप्स र स्टाइलिस हेयरडोमा देखिएकी प्रियंका निकै आत्मविश्वासी र सुन्दर देखिएकी थिइन् । यहाँ प्रियंका शो स्टपर थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.