वाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत

डिसी नेपाल
१२ फागुन २०७६ ७:२७
4
Shares

हेटौँडा । वाग्मती प्रदेशसभाको आइतबार बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले दुई विधेयक प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री पौडेलले अन्तर प्रदेशको बासिन्दाको सम्मान, सुरक्षा र व्यवहारको व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश मामिला समितिमा पूर्ण छलफलको लागि पठाउन प्रस्ताव प्रस्तुत गरेका हुन् ।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालको तर्फबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्व फुयाँलले प्रदेशमा युवा परिषद् गठन गर्ने ऐन, २०७६ लाई छलफलको लागि प्रस्ताव प्रस्तुत गरे ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले यही चालू आवभित्रै काठमाडौँ जिल्लाको टोखा, बूढानीलकण्ठ र पशुपतिनाथ क्षेत्रको वनकालीमा तत्कालै काञ्जी हाउस बनाई छाडा पशुपक्षीहरुलाई व्यवस्थित रूपबाट राख्न लागेको बताए ।

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकको विशेष समयमा बोल्नुहुने सदस्यले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेको संवाद अडियो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

प्रदेशसभाको अर्को बैठक आज अपराह्न ३ बजे बस्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.