खैरो हिरोइनसहित एक युवती पक्राउ

डिसी नेपाल
१२ फागुन २०७६ ९:०४

काठमाडौँ । नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.