अञ्जु पन्त पर्सामा बाढी पिडितको ३५ घर बनाउने अभियानमा, ‘गो फण्ड मी’ मार्फत् सहयोगको अपिल
काठमाडौं। अञ्जु पन्त फाउन्डेशन यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेको बाढी पिडितहरूको बस्ती निर्माणको तयारीमा छ।
बाढीबाट पटेर्वाको दलित माझी बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूको बस्ती निर्माणका लागि ‘अञ्जु पन्त फाउन्डेशन’यतिबेला रकम संकलनमा लागेको हो। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने बताईएको छ। जसका लागि अञ्जु पन्त फाउन्डेशनले ‘गो फन्ड मी’मार्फत् सहयोगको अपिल गरेको छ। जसबाट सहयोग गर्न इच्छुकहरूले सकेकोे सहयोग गर्न सक्नेछन्।
विगत लामो समयदेखि गैह्र नाफामुलक संस्थाको रुपमा काम गदै आएको फाउन्डेशनले यसअघि गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामाग्री, पोशाक तथा दुर्गममा रहेका गरिब र असहायहरूका लागि विभिन्न सहयोग गर्दै आएको छ।
यसै क्रममा पर्साको पटेर्वास्थित मोर टोलमा रहेका गरिब तथा विपन्न समुदायलाई वासस्थानको जोहो गरिदिन फाउन्डेशनले प्रक्रिया अघि बढाईसकेको छ।
यसका लागि अमेरिकामा पनि ‘अञ्जु पन्त फाउन्डेशन’नामक गैह्र नाफामुलक छण्ज्ञ ऋ संस्था दर्ता गरिएको छ। यो ‘गो फन्ड मी’अभियान फाउन्डेशनको अमेरिका शाखाले चलाएको हो।
फाउन्डेशनकी प्रमुख तथा गायिका अञ्जु पन्तका अनुसार, बस्ती निर्माणका लागि विभिन्न देशमा आयोजना भएका कार्यक्रमबाट केही रकम जुटिसकेको र बाँकी रकम विस्तारै जुटाएर जति सक्दो चाँडो वस्ती निर्माण कार्य सुरु गरिने छ।
यसबारे अन्य जानकारी फाउन्डेशनको वेबसाइटमा पनि हेर्न सकिनेछ।







डिसी नेपाल








Facebook Comment