अमेरिकासँग साझेदारीका महत्वपूर्ण सवै पक्षमा छलफल भयोः मोदी

डिसी नेपाल
१३ फागुन २०७६ १८:२०

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

भारत भ्रमणमा रहेका ट्रम्पसँग मङ्गलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको उनले बताए ।

आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ, मोदीले भने।

उनले रक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिए ।

अन्तरराष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्टाटेजी, तेल र ग्यासलगायतका विषय पनि छलफलका क्रममा उठेको मोदीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.