१९ तोला सुनसहित दुई जना पक्राउ

डिसी नेपाल
१३ फागुन २०७६ १९:००

लहान । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो ।

प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २६३२ नम्बरको मोटरसाइकललाई चेक गर्दा दुबैको साथबाट सुनको चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइछिपाइ राखेको करिब रु १५ लाख ५८ हजार मूल्य बराबरको अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेको सुनसहित दुबैमाथि कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । यस्तै प्रहरीको टोलीले सिरहाको कर्जन्हा नगरपालिका–३ जनक चोकबाट लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टडिया निवासी ३४ वर्षीय तीर्थबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको टोलीले स१०प ३४०२ नम्बरको मोटरसाइकलमा सबार कार्कीलाई डाइलेक्स डिसी पाँच बोतल, नाइट्रोभेट ट्ययाब्लेट २२ पिस, स्पास्मो ट्याब्लेट १५ पिस लागुऔषधसहित पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.