इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन

डिसी नेपाल
१३ फागुन २०७६ २२:०१

कायरो । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ । उनि ९१ वर्षका थिए । करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो ।

उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ । अलाले आफ्नो ट्वीटमा भने, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मङ्गलबार विहान निधन भएको छ ।”

उनको अन्त्येष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ । इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक राष्ट्रपति बनेका थिए । सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.