मौलिक हकको कार्यान्वयनका लागि राष्ट्र समृद्ध बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानमा उल्लेख भएका मौलिक हकको कार्यान्वयनका लागि राष्ट्र समृद्ध बन्नुपर्ने बताएका छन्।
कालिमाटीमा रहेको नेपाल नेशनल हस्पिटलको कृत्रिम प्रजनन केन्द्रको उद्घाटन कार्यक्रममा उनले संविधानमा रहेका मौलिक हकमध्ये स्वास्थ्यसम्बन्धी हक पनि एउटा रहेको बताउँदै राष्ट्रिय पूँजीलाई वृद्धि गर्न सके नागरिक अधिकारलाई सुनिश्चित गर्न समस्या नहुने बताए ।
उनले निःसन्तान दम्पत्तिलाई सन्तान दिने उपचार पद्धतिको शुरुआत गरेर अस्पतालले अर्को सामाजिक हितको कार्यको थालनी गरेको बताए। उनले देशमा विभिन्न खालका सुविधा सम्पन्न अस्पताल हुँदाहुँदै पनि सम्पन्न शाली व्यक्ति विदेशमा गएर उपचार गरिरहेको बताए ।
“कसैले विदेशमा गएर उपचार गर्ने, कसैले गरिबीका कारण समान्य उपचार पनि पाउन नसक्ने अवस्था छ” उनले भने, “विभेद्कारी प्रणालीको अन्त्य गर्दै समान हकअधिकार प्रदान गर्ने कार्यमा सरकारको जोड हुनुपर्छ ।”







डिसी नेपाल








Facebook Comment