बिना दर्शक रित्तो मैदानमा खेल, इन्टर मिलानको जीत

डिसी नेपाल
१६ फागुन २०७६ ८:२८

काठमाडौं। कोरोनाभाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै खाली रंगशालामा खेलाइएको खेलमा इन्टर मिलानले लुडोगोरेट्स राजग्राडलाई पराजित गरेको छ।

युरोपा लिगको अन्तिम १६ का लागि भएको दोश्रो लेगमा इन्टर मिलानले राजग्राडलाई २-१ ले पराजित गरेको हो। इन्टर संमग्रमा ४-१ ले विजयी हुँदै अन्तिम १६ मा पुगेको हो।

दोश्रो लेगमा २-१ को जित हासिल गर्ने क्रममा क्रिष्टियानो बिरागी र रोमेलु लुकाकुले गोल गरे। उनीहरूले खेलको ३१ तथा ४५+४ औं मिनेटमा गोल गरेका हुन्।

त्यसअघि राजग्राडले खेलको २६ औं मिनेटमा ओलिभिएरा सोउजाको गोलमा अग्रता लिएको थियो जसलाई ३१ औं मिनेटमा इन्टरले बराबरी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.