१ दिनकी बालिकाको शरीरमा धारिलो हतियारका २० भन्दा धेरै चोट
गुजरात। गुजरातको राजकोटमा अमानवीयताको हद पार भएको छ । यहाँको ठेबचडा गाउँ नजिकै बुधबार ११ बजे करिब २० जना युवाहरु क्रिकेट खेलेर जाँदै दिए त्यही बेला उनीहरुले बालिका रोएको आवाज सुने । उनीहरुले यताउति हेर्दा एउटा कुकुरले एक बालिकालाई मुखले समातेर लिएर जाँदै गरेको देखे ।
युवाहरुले तत्कालै ढुंगाले हानेपछि कुकुर बालिकालाई छाडेर भाग्यो । उनीहरुले बालिकालाई अस्पताल लिएर गए । जाँचमा भएको खुलासाअनुसार ती बालिकाकी आमाले जन्मको अर्को दिन नै बालिकालाई छाडेर गएकी थिइन् । बालिकाको पेटमा १५ देखि २० वटा गहिरो घाउ भएका छन् । यी चोटहरु धारिलो हतियारको भएको बताइएको छ । कस्तो हालतमा बालिकालाई छोडियो भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment