वेस्टइण्डिज बिरुद्धको टी २० को लागि थिसारा परेरा श्रीलंका टीममा

डिसी नेपाल
१६ फागुन २०७६ ११:४५

काठमाडौं। श्रीलंका क्रिकेट बोर्डले आगामी वेस्टइंडीज बिरुद्ध हुने दुई टि २० सिरिजको लागी लथिस मलिङाको कप्तानीमा थिसारा परेरा, नुवान प्रदिप र शेहन जयसूर्यालाई १५ सदस्यी टिममा बोलाएको छ ।

तिनैवटै खेलाडी हरुले कासुन राजिता, भानुका राजापासा र ओशदा फर्नान्डोको स्थानमा टिममा ठाउ बनाएका छन भने ओपनर दनुष्का गुणथिला चोटका कारण टिममा पर्न सफल भएनन ।

आप्नो खराब प्रर्दशनका कारण बिगत एक बर्षदेखी थिसारा टिम बाहिर रहेका थिए । उनले वेस्टइंडीज बिरुद्ध भएको एकदिबसीय खेलमा श्रीलंका लाई जिताउन ४७ बलमा ६८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

गत बर्ष चोटका कारण भारत बिरुद्धको सिरिज गुमाएका नुवान प्रदिप कासुन राजिताको ठाउमा आफुलाई टिममा पार्न सफल भएका छन । अर्का अलराउन्डर शेहन जयसूर्याले गत नोभेम्बरमा श्रीलंकाको लागी अन्तराष्टिय खेल खेलेका थिए ।

श्रीलंका अहिले वेस्टइंडीज बिरुद्धको एकदिवसीय श्रृंखलामा व्यस्त छ । दुई एकदिवसीय सिरीजमा एक खेलमा जित हात पारिसकेको श्रीलंकाले दास्रो खेल १ मार्चमा खेल्दैछ । एकदिवसीय सिरिजपछि श्रीलंकाले वेस्टइंडीज संग टि २० सिरीज खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.