मोडल खुस्बु ओलीलाई २ वर्ष कैद सजाय
फाईल फोटो
काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौँले दुई वर्षको कैद सजाय सुनाएको छ।
सापटी लिएको ३६ लाख रुपैयाँ नतिरेपछि ओलीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार २ वर्ष कैदको फैसला सुनाएको हो।
राजविराज–८ का गोपाल कटुवालले आफुसँग जग्गा किन्न भनी ३६ लाख सापट लिएर नतिरेको भन्दै अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए।
जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको हो।
एक वर्ष अघि पनि जिल्ला अदालत काठमाडौँले खुस्बु विरुद्द चेक बाउन्स मुद्दामा ३ महिना कैद सजाय सुनाएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment